images
images

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • २४ पुष २०७९, आईतवार २०:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आज साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेकोे छ ।

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि आज कार्यकारी निर्देशकलाईनै बोलाएर पुनःनिर्देशन दिनुभएको थियो । त्यसपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्य घटाउने निर्णय भएको हो ।