काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
बागमती प्रदेशमा दलितबाट दोलखाका घनश्याम रिजाल र कर्णाली महिलातर्फबाट सावित्री मल्ललाई नेकपा एसले चयन गरेको हो । सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा एसले २ सिट मात्र पाएको पार्टीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । यसअघि नेकपा एसले उम्मेदवारको नाम टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतले उम्मेदवारको नाम टुंगो लगाइसकेको छ ।










