images
images

एमालेका ‘एक उम्मेदवार’ जो मतदाता नामावलीमा नाम नभेटिएपछि मनोनयन दर्ता नगरी फर्किए

  • २३ पुष २०८०, सोमबार १४:०४

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका एक नेताको मतदाता नामावलीमा नाम भेटिएको छैन ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् । मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन पुगेका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मतदाता नामावलीमा नाम नभेटिएपछि उम्मेदवार फेरिएको छ । उम्मेदवार डा. सिंहको स्थानमा पार्टीले विजाता झालाई उम्मेदवार बनाएको हो । झा जनकपुरधामकी हुन् ।