
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोईराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धबकुमार भट्टराईको ईजलासले अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी १० लाख रुपैयाँ बुझाएर रिहा भएकी हुन् ।सहकारी ठगीको अभियोगमा मुद्धा चलाईएपछि आजमात्र अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो ।
मोरङ धनपालथान गाउँपालिका ४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोईराला सहित २६ जनाबिरुद्ध मुद्धा दायर भएको छ । सो सहकारीमा अन्जला २०७२÷०७३ देखि सञ्चालन समितिमा थिईन् ।
सहकारीको २२ करोड २८ लाख २७ हजार ७ सय रकम अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ । बिहान अदालतमा हाजिर भएपछि उनको आजै बयान लिई धरौटीमा छाडिएको हो ।