images
images

मतदाता नामावली संकलन आजदेखि स्थगित

  • २५ माघ २०७८, मंगलवार ०८:३९

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गएसँगै आजबाट मतदाता नामावली संकलन कार्य पनि स्थगित भएको छ ।

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलनकार्य स्थगित गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले आजबाट मतदाता नामावली संकलनकार्य स्थगित भएको जानकारी गराएको छ । निर्वाचन आचारसंहिता अनुसार देशभरका मतदाता नामावली संकलन हुने कार्यालयलाई आजबाट मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।

कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन गर्न पाईँदैन । आयोगले मतदाता नामावली प्रकाशनको तयारी पनि गरेको छ । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।