काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्बअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको छ ।
हेटौँडामा आज पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै थापाले पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रबृत्तिलाई सुधार गरेर अघि बढ्ने चाहना भएता पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि आफुले अप्रिय निर्णय लिन बाध्य भएको बताउनुभएको छ ।
गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुनुभएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानविन गर्न माग गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन घोषणा हुनुअघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा रहनुभएका थापाले आज पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ ।