images
images

दोलखामा ९६ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिइने

  • २५ माघ २०७८, मंगलवार १८:३४

जिरी (दोलखा) । दोलखामा आजदेखि जिल्लाभित्रका ९६ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्लाको ९ वटै स्थानीय तहका ९६ हजार भेडाबाख्रालाई आजदेखि पिपिआर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको हो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा मार्फत सबै भेडा बाख्राहरुलाई आजदेखि निशुल्क पिपिआर रोगविरुद्धको खोप लगाउन सुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका सुचना अधिकारी एवम् पशु विकास अधिकृत डा. निशान्त शर्माले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले भेडा बाख्रामा लाग्ने घातक र संक्रामक रोग हैजा अर्थात पिपिआरको औषधी उपचार नभएकाले रोगबाट सुरक्षित राख्न खोप अभियान सञ्चालन गर्न आग्रह गरेसँगै दोलखा जिल्लामा पनि रोगबाट सुरक्षित भेडाबाख्रालाई खोप लगाउन लागिएको उहाँले बताउनुभयो ।

सुचना अधिकारी शर्माका अनुसार खोप कार्यक्रमका लागि जिल्लामा ४० जना प्राविधिक खटिएका छन् । भेडाबाख्रालाई पिपिआर खोप लगाउनका लागि जिल्लामा १० हजार ६ सय भ्याक्सिन आएको छ । २० वटा भन्दा बढी भेडाबाख्रा पालेका किसानको हकमा भने खोरमा नै गएर खोप लगाउने व्यवस्था गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले जनाएको छ । बागमती कृषि मन्त्रालयले प्रदेशका भेडाबाख्रामा लाग्ने पिपिआर नियन्त्रण गर्न सबै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखामा पनि आजदेखि सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन भएको हो ।

जिल्लाको ९ वटै स्थानीय तहका ९६ हजार भेडाबाख्रालाई आजदेखि पिपिआर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको हो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा मार्फत सबै भेडा बाख्राहरुलाई आजदेखि निशुल्क पिपिआर रोगविरुद्धको खोप लगाउन सुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका सुचना अधिकारी एवम् पशु विकास अधिकृत डा. निशान्त शर्माले जानकारी दिनुभयो । भेडाबाख्रालाई पिपिआर खोप लगाउनका लागि जिल्लामा १० हजार ६ सय भ्याक्सिन आएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकाले सुचना नै जारी गरी किसानलाई आफुले पालेका भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउन आग्रह गरेका छन् । यसैगरी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चरिकोटले पनि सुचना जारी गरी सप्ताहव्यापी रुपमा पिपिआर विरुद्धको खोप अभियान सञ्चालन हुने भएकाले खोप लगाउने मिति र खोप केन्द्रका बारेमा स्थानीय तहको पशु शाखामा समन्वय गर्न आग्रह गरेको छ । दोलखामा आगामी फागुन २ गतेसम्म निःशुल्क पिपिआर रोग विरुद्धको खोप जारी रहनेछ ।

बागमती प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार पिपिआर लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दलेजस्तो देखिने, एकै बगालका धेरै भेडा मर्ने, ज्वरो आउने, नाकबाट सिँगान बग्ने, आँशु झर्नेजस्ता लक्षण देखा पर्छन् । प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा १ हजार १ सय ३७ खोप केन्द्रबाट खोप लगाइरहेको छ । जसअनुसार दोलखामा १ सय २१, सिन्धुपाल्चोकमा २८, सिन्धुलीमा २८, रामेछापमा ४०, काठमाडौंमा ३८, नुवाकोटमा ८०, रसुवामा २८ वटा खोप केन्द्र स्थापना गरिएको छ । यसैगरि ललितपुरमा ३०, भक्तपुरमा १२, काभ्रेपलाञ्चोकमा १ सय ७, चितवनमा ४४, मकवानपुरमा ४ सय ९६ र धादिङमा ८६ वटा केन्द्र स्थापना गरिएको छ ।