images
images

बोक्सीको आरोप लगाउने दुई जनालाई पाँच वर्ष कैद र जरिवानाको फैसला

  • २५ माघ २०७९, बुधबार ०७:५९

ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले बोक्सिको आरोप लगाउने दुई जनालाई जनही पाँच वर्ष कैद र जरिवानाको फैसला गरेको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर १ की ६४ वर्षिया एक बृद्धालाइ बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । बोक्सिको आरोप लगाई बृद्धालाई आगोले पोल्ने स्थानीय ५० वर्षिय दिपक विश्वकर्मा र २७ वर्षिया मुना विश्वकर्मालाई कैद र जरिवानाको फैसला भएको अदालतले जनाएको छ । जिल्ला न्यायधीश टिकाराम आचार्यको एकल इजलासले दिपकलाई पाँच वर्ष कैद र ६० हजार जरिवाना तथा मुनालाई पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको हो ।

सोही घटनामा संलग्न १७ वर्षिया किशोरीको हकमा भने उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझि बाँकी कारवार्ही प्रक्रिया अघि बढाउने ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार नविन खनालले जानकारी दिनुभयो । २०७५ साल वैशाख ८ गते तीन जना मिलेर बृद्धालाई बोक्सिको आरोप लगाउँदै कुटपिट गरेर आगोले पोलेका थिए । सो घटनामा पिडित बृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी थिइन् ।