images
images

राष्ट्रियसभा उपनिर्वाचन आज हुँदै, यी हुन् प्रतिस्पर्धी

  • २५ माघ २०७९, बुधबार ०८:३२

काठमाडौं । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाङको घोराहीको कर्मचारी मिलन केन्द्रमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि मतदान हुने प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी गहेन्द्र कुँवरले जानकारी दिनुभयो । सत्तारुढ दल नेकपा एमाले, नागरिक उनमुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने निर्वाचनमा प्रतिस्पर्धामा रहेका छन् ।

उपनिर्वाचनको लागि सत्तारुढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन् । एमालेले नागरिक उन्मुक्ति पार्टीलाई आफुतिर तान्ने प्रयास गरेको छ । नागरिक उन्मुक्ति सरकारलाई समर्थन गरेको दल हो । यद्धपी सत्तारुढ एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।