
जिरी (दोलखा) । बागमती प्रदेश सरकारले दोलखा र रामेछापसहित विभिन्न जिल्लाको ७ वटा अस्पतालाई एम्बुलेन्स वितरण गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो । मन्त्रालयले दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल, रामेछापस्थित रामेछाप अस्पताल, भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, काभेस्थित मेथिनकोट अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो । एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । गत वर्ष पनि मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।