images
images

बैतेश्वर गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा दुई दिन विदा

  • २५ माघ २०८०, बिहीबार १८:५६
जिरी(दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दुई दिन विदा दिएको छ ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको अवसरमा गाउँपालिकाले भोली २६ र २८ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तामाङ समुदायको बाहुल्यता रहेको बैतेश्वरमा ल्होछारको अवसरमा विदा दिइएको पालिका अध्यक्ष छवि लामाद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
सो दिन गाउँपालिकाभित्र रहेको सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । शैलुङ गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा दुई दिन विदा दिइसकेको छ ।