images
images

एमालेबाट विजयी गाउँपालिकाका अध्यक्ष कांग्रेस प्रवेश

  • २४ फाल्गुन २०७८, मंगलवार १२:००

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रिय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रमबीच क्षेत्रीलाई पार्टी प्रवेश गराउनुभएको हो । कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले एमालेका जिल्ला कमिटी सदस्य सहितका नेता कार्यकर्ता एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।