images
images

भक्तपुरमा काभ्रेपलाञ्चोककी एक महिलाको हत्या

  • २४ फाल्गुन २०७८, मंगलवार १२:२०

काठमाडौं । भक्तपुरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाकी एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित बागेश्वरीमा नमोबुद्ध नगरपालिका वडा नम्बर ९ की जेनिशा नरकोटीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । तरकारी खेती हुँदै आएको जग्गामा निर्माण गरिएको जस्तापाताको टहराभित्र हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट देखिएको भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ति महिलाको शव अर्धनग्न अवस्थामा गएराति फेला परेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।