images
images

बागमती प्रदेशमा १०९ जना महिलाको हत्या

  • २४ फाल्गुन २०७९, बुधबार ०८:२४

हेटौंडा । बागमती प्रदेशमा ५५ महिनामा १ सय ९ जना महिलाको हत्या भएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा १ सय ९ जना महिलाको हत्या भएको हो । यो अवधिमा देशभर ११ सय ६ जना महिलाको हत्या भएको तथ्यांक छ । महिला हत्याका सवैभन्दा धेरै घटना मधेश प्रदेशमा भएका छन् । मधेश प्रदेशमा ५५ महिनामा दुई सय ४५ जनाको हत्या भएको छ भने कोसीमा दुई सय २९, लुम्बिनीमा दुई सय ९, गण्डकीमा ९० जना महिलाको हत्या भएको छ ।

यस्तै सुदुरपश्चिममा ८७ जना, उपत्यकामा ६९ र कर्णालीमा ६८ जना महिलाको हत्या भएको प्रहरीको तथ्यांक छ । मारिनुको कारण पहिल्याउँदै जाँदा अधिकांश घटना यौन र साही विषय वरिपरि गएर टुंगिने गरेको प्रहरीले जनाएको छ ।