
काठमाडौँ । आज दिउँसो काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा भूकम्पको धक्का महसुश भएको छ ।
तिव्वतमा गएको ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्पको नेपालमा पनि धक्का महसुस भएको हो । आज दिउँसो २ बजेर ३५ मिनेट जाँदा तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।
यसअघि आज बिहानमात्रै नेपालमा पनि म्याग्दी र बागलुङमा भूकम्पको धक्का महसुश भएको थियो ।