images
images

गगनको १८ वर्षे संसदीय यात्रामा ब्रेक, रास्वपाका उम्मेदवारको ह्याट्रिक

  • २४ फाल्गुन २०८२, आईतवार ०५:२९

भक्तपुर । विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत सर्लाही क्षेत्र नम्बर ४ मा रासिष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

आईतबार सम्पन्न सर्लाही–४ को मतपरिणाम अनुसार रास्वपका उम्मेदवार अमरेले कांग्रेस सभापति थापालाई १२ हजार ८७५ मतान्तरले पारजित गरेका हुन् ।अमरेले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।

यो जितसँगै अमरेशले सानदार जित पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा सानदार जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरका छन् । उनको १८ वर्षे संसदीय यात्रामा रास्वपाका उम्मेदवार अमरेशले ब्रेक लगाएका छन् ।