भक्तपुर । जनमत पार्टीका अध्यक्ष सीके राउतको संसदीय यात्रा रोकिएको छ ।
राजनितिमा आएको छोटो समयमै राउतको संसदीय यात्रामा ब्रेक लागेको हो । सप्तरी–२ बाट राउतलाई रोक्दै रास्वपाका रामजी यादव निर्वाचित भएका छन् । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भएका छन् ।
दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरेका छन् ।










