images
images

दोलखा र रामेछापका ८७ हजार बालबालिकालाई पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइदै

  • २५ चैत्र २०७८, शुक्रबार ०८:०६

जिरी (दोलखा) । दोलखा र रामेछापमा आजदेखि ८७ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

आजदेखि १५ महिनादेखि १५ वर्षसम्मका दोलखाका ४३ हजार र रामेछापका ४४ हजार ४ सय १० जना बालबालिकालाई टाइफाइटविरुद्धको खोप लगाइने भएको हो । सरकारले आजदेखि अभियानका रूपमा देशभर टाइफाइडविरुद्धको खोप कार्यक्रममा सञ्चालन गरेकोमा दोलखा र रामेछापमा पनि खोप अभियान सञ्चालन हुन लागेको छ । सबै स्थानीय तहका ३४ हजार ६ सय ३२ जना विद्यालय जाने बालबालिका र ७ हजार ९ सय ३८ जना विद्यालय नजाने गरि दोलखाका ४३ हजार जना बालबालिकालाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । जसअनुसार आजदेखि चैत २९ गतेसम्म भिमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकाका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ । यस्तै, शैलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका र बैतेश्वर गाउँपालिकाका बालबालिकालाई चैत २७ गतेदेखि बैशाख २ गतेसम्म खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखा र रामेछापमा आजदेखि ८७ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । आजदेखि १५ महिनादेखि १५ वर्षसम्मका दोलखाका ४३ हजार र रामेछापका ४४ हजार ४ सय १० जना बालबालिकालाई टाइफाइटविरुद्धको खोप लगाइने भएको हो । सरकारले आजदेखि अभियानका रूपमा देशभर टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेकोमा दोलखा र रामेछापमा पनि खोप अभियान सञ्चालन हुन लागेको छ । ढल वा संक्रमति व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।

रामेछापमा पनि दुई चरण गरी टाइफाइडविरुद्धको खोप लगाइनेछ । जसअनुसार उमाकुण्ड, गोकुलगंगा, सुनापति र दोरम्ब शैलुङ् गाउँपालिकामा यहि चैत ३० गतेदेखि आगामी वैशाख ४ गतेसम्म पहिलो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । दोस्रो चरणमा वैशाख ६ गतेदेखि ९ गतेसम्म मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकामा खोप संचालन हुने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । २ सय भन्दा बढि विद्यार्थी भएमा विद्यालयमै खोप केन्द्र राखेर खोप लगाईने र सो भन्दा कम विद्यार्थी भएका विद्यालयका हकमा भने नजिकैका विद्यालय वा स्वास्थ्य संस्था मार्फत खोप लगाउने व्यवस्था गरिएको छ । ढल वा संक्रमति व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए तापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।