images
images

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्री पदमुक्त

  • २५ चैत्र २०७८, शुक्रबार ०९:१६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् ।

नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त भएका हुन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।

आयोगमा आएको पत्रका आधारमा क्षेत्रीलाई पदमुक्त गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।