दोलखा । प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । स्थानीय तहको निर्वाचन पूर्व एकैसाथ यतिधेरै प्रहरी निरिक्षकको सरुवा गरिएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापाको निर्णय अनुसार ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास बिभागले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र मातहतका इलाका प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी निरिक्षकको पनि सरुवा भएको छ । मानवश्रोत बिभागका अनुसार २०७९ साल बैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
जसअनुसार जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर अञ्जन कोईरालालाई महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौ सरुवा गरिएको छ भने अर्का इस्पेक्टर दिवश बस्नेतको पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ । सरुवा भएका दुवै इन्सपेक्टरको स्थानमा धनुषवाट राजु सिग्देल र विमानस्थल सुरक्षा गार्ड पोखराबाट हरिओम खड्का आउने भएका छन् । ईलाका प्रहरी कार्यालय जिरी दोलखाका इन्सपेक्टर विष्णुबहादुर खड्काको पनि सरुवा भएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालय जगेडापुल नक्सालबाट विष्णुबहादुर बस्नेत आउने भएका छन् । यस्तै ईलाका प्रहरी कार्यालय सिंगटिका इन्सपेक्टर सुशील केसीको महोत्तरी सरुवा भएको छ । उनको स्थानमा सानु तामाङ आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर सन्तोष श्रेष्ठको काठमाडौं सरुवा भएपछि उनको स्थानमा महोत्तरीबाट राजुप्रसाद ढकाल आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अर्का इन्सपेक्टर शंकर श्रेष्ठको पर्सामा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कृष्ण प्रसाद विष्ट आउने भएका छन् । ईलाका प्रहरी कार्यालय धोविडाँडा रामेछापका सोनु कुमार साहको स्थानमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट जटा शंकर यादव आउने छन् । यस्तै ईलाका प्रहरी कार्यालय टोकरपुर रामेछापका सुरेश खत्रीको स्थानमा महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट धन नारायण श्रेष्ठ आउने भएका छन् ।