
काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज सभामुख सहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । संसदलाई प्रभावकारी बनाउनका लागि आजको छलफल आयोजना गरिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिनुभयो । सभामुख सहितका शिर्ष नेताहरुबीचको भेटवार्ता अहिले पनि जारी छ ।