भक्तपुर । काठमाडौंको जडीबुटीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा दोलखाका एक युववको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा दोलखाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय बिराज थामीको मृत्यु भएको हो । मृतक थामीलाई गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घाईते भएका उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाइए पनि उपचारको क्रममा राति नै मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । उनको टाउकोमा चोट लागेको एसपी सुवेदीको भनाई छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।










