images
images

सुन एकैदिन तोलामा ७२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २०० रुयैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८०० रुपैया कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।