images
images

देउवा दम्पती देशबाहिर, नेपालमा पक्राउ पुर्जी जारी

  • २५ चैत्र २०८२, बुधबार १३:०६

भक्तपुर । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले पक्राउ अनुमति दिए पनि उनीहरु नेपालमा नभएकाले तत्कालै नियन्त्रणमा लिन प्रहरीलाई प्राविधिक कठिनाइ भएको स्रोतले बताएको छ । हाल देउवा दम्पत्ति  नेपाल बाहिर छन् । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले पुष्टि गरेको छ ।

लामो समयदेखि चर्चामा रहेको यो मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेसँगै मुलुकको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रियाहरू आउन थालेका छन् । कतिपयले यसलाई विधिको शासन स्थापना गर्ने बलियो कदमका रूपमा स्वागत गरेका छन् भने कतिपयले यसलाई राजनीतिक प्रतिशोधको रूपमा समेत व्याख्या गर्न थालेका छन् ।

यद्यपि, विभागले भने ठोस प्रमाण र अनुसन्धानकै आधारमा अदालतबाट अनुमति लिइएको दाबी गरेको छ।