भक्तपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना कैदीबन्दी घाइते भएका छन् ।
कैदीबन्दीबीच बुधबार मध्यान्ह एकआपसमा झगडा भएको हो । होहल्ला, गालीगलौज बढ्दै जाँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा कारागारमा रहेका २३ वर्षीय ओमप्रकाश घरेडी, १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, २५ वर्षीय आयुष बम र २६ वर्षीय राजु दमाई घाइेत भएका छन् । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कारागारमा झडप हुने वितिक्कै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर स्थिति नियन्त्रणमा लिएको थियो ।



हाम्रो अपडेट 






