भक्तपुर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रक्रिया सुरु गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पूर्जी जारी भएपनि देउवा दम्पती विदेशमा रहेकाले रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया सुरु गरिएको हो । देउवा दम्पती हाल हङकङमा छन् ।
रेड नोटिस जारी गर्नकै लागि पक्राउ पूर्जी
सुरुमा उपचारका लागि सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए । सम्पत्ति शुद्धीकरण विभागको माग अनुसार देउवा दम्पतीविरुद्ध न्यायाधीश महेन्द्र बहादुर कार्कीको ईजलासले पक्राउ अनुमति दिएको हो ।
यो सँदै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको स्रोतको दाबी छ ।
देउवा सपरिवार विदेशमा
अब विभागको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयस्थित ईन्टरपोल शाखाले नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । रेडनोटिस जारी भएपछि ईन्टरपोलमा आवद्ध भएका देशका प्रहरीले पक्राउ गर्न सहयोग गर्नेछन् ।
जेनजी आन्दोलनका बेला देउवा निवासमा ठुलो मात्रामा नगद जलेको र गरगहना फेला परेको भन्दै विभागले अनुसन्धान अघि बढाएको थियो ।
देउवा दम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानविन भईरहेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् । देउवा फागुन १३ मा सिंगापुर गएका थिए ।



हाम्रो अपडेट 






