भक्तपुर । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सवारी साधनको भाडा समायोजन गरेको हो । नयाँ व्यवस्था अनुसार यात्रुबाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
यसैगरी, मालबाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार शुल्क तिर्नुपर्नेछ ।



हाम्रो अपडेट 






