भक्तपुर । साताको कारोबारको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज -नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ।
आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ ।
आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएका सबै उप–सूचकहरू हरियाली देखिएका छन्। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३.८७ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत २.६१ प्रतिशत र होटल तथा पर्यटन समूह २.५६ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ समूह १.१५ प्रतिशत र विकास बैंक १.९८ प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी रिलायन्स ४२ करोड १६ लाख, शिवम् सिमेन्ट ३७ करोड २० लाख, एनआरएन इन्फास्ट्रक्चर ३० करोड ७० लाख र नेशनल हाइड्रोपावर ३० करोड २५ लाखको पनि उच्च कारोबार भएको छ ।










