images
images

प्रतिपक्षी दलको उपसभामुखमा रहर, कता छ रास्वपाको नजर ?

उपसभामुख कुन दलबाट बन्ने भन्ने अन्यौलकै बीच सरकारले निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिपक्षी दलहरुले उपसभामुखमा चासो देखाईरहँदा प्रतिनिधिसभामा बहुमत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी रास्वपाले मुख खोलेको छैन । तर, उपसभामुखको निर्वाचन भने यही चैत २७ गतेका लागि तय गरिएको छ ।

तोकियो निर्वाचनको मिति, टुंगिएन व्यक्ति

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् । सभामुखको निर्वाचन यही चैत २२ गते भएको थियो । सो निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका थिए ।

उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । तर, उपसभामुखको विषय भन्ने टुंगो लागिसकेको छैन । सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । सोही कारण अब रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुनेछन् ।

कुन दलले पाउला उपसभामुख ?

तर, अहिलेसम्म उपसभामुख को बन्ने भन्नेमा रास्वपाले कुनै संकेत दिएको छैन । रास्वपाकै शीर्ष नेताहरुको आ–आफ्नै चाहनाका कारण पनि उपसभामुख टुंगो लाग्न नसकेको बताईन्छ । विपक्षी सबै दलहरु उपसभामुखको दाबी गरिरहेका छन् । तर, रास्वपाको नजर कता छ ? भन्ने अन्यौलता कायमै छ । उपसभामुख को बन्ने भन्दापनि कुन दलले पाउने भन्ने विषय नै अन्यौलमा छ ।

उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी तथा नेकपा र राप्रपाले पनि दावी गरेका छन् । एमालेले भने सार्वजनिक रुपमा उपसभामुखमा दाबी गरेको छैन । प्रमुख प्रतिपक्षी दल भएकाले आफुले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

उपसभामुखको चर्चाकैबीच राष्ट्रिय प्रजातन्त्री पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ते रास्वपा सभापति रवि लामिछानेको निवासमै पुगेर छलफल समेत गरिसकेका छन् । नेकपाका संयोजक प्रचण्डले पनि सभामुखमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।

नयाँ रणनीतिकी आन्तरिक विवाद ?

तर, उपसभामुखको चिठ्ठा कसलाई पर्छ भन्ने अन्यौल कायमै छ । किनकी रास्वपाले अहिले कुनै पार्टीतर्फ पनि खुलेर संकेत गरेको छैन । यसको कारण रास्वपाका नेताहरुको आ–आफ्नै रुचीलाई पनि मानिएको छ ।

नेताहरुको आ–आफ्नो रुचीका कारण पनि रास्वपालाई सो विषय टुंगो लगाउन सकस देखिएको छ । पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहको श्रम संस्कृतिपार्टीतिर झुकाव देखिएको छ भने सभापति लामिछाने राप्रपाबाट उपसभाुमख बनाउन ईच्छुक छन् । तर, संविधान संशोधन र सदनको सन्तुलन मिलाउन पुराना दललाई उपसभाुखमा समर्थन गर्दा उपयुक्त हुने सभामुख अर्यालको धारणा छ ।

रास्वपाको करिव दुई तिहाई बहुमत भएपनि प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व भएको अवस्थामा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संविधानमै व्यवस्था भएकाले रास्वपाले सो पद विपक्षीलाई सुम्पिनुपर्नेछ ।