दोलखा । दोलखाको उत्तरी गाउँवाट प्रहरीले बन्यजन्तुको आखेटोपहार सहित एक पुरूषलाई पक्राउ गरेको छ ।
बिगु गाउँपालिका-४ लादुकका अमृतवहादुर तामाङलाई प्रहरीले अखेटोपहारसहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिंगटीवाट प्रहरी निरीक्षक बिष्णुहरी फुयाँलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तामाङको घरबाट मृगको टाउको र एउटा खुट्टाको भाग, चिलको जस्तो पँखेटा र भ्यागुतो जस्तो देखिने ‘पाहा’ बरामद गरेको छ ।
प्रहरीले पक्राउ गरेका तामाङ र बरामद भएको अखेटोपहार गौरीशंकर संरक्षण क्षेत्रलाई बुझाएको छ ।



हाम्रो अपडेट 






