images
images

स्थानीय तह निर्वाचनःदोलखाका दुई सहित ३९० जना निर्विरोध निर्वाचित

  • २५ बैशाख २०७९, आईतवार ०८:२०

जिरी (दोलखा) । दोलखाको दुई जना दलित महिला सदस्य सहित देशभर ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

दोलखाको जिरी नगरपालिकामा र गौरीशंकर गाउँपालिकामा दलित महिला सदस्य सहित देशभर ३ सय ९० जना निर्वारोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले निर्विरोध निर्वाचित उम्मेदवारको विवरण सार्वजनिक गर्दा जिरी नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी दलित महिला सदस्य देवी माया नेपाली र गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेबाटै दलित महिला सदस्य टहल माया विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । यहि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराउँदा निर्विरोध भएका उम्मेदवारको विवरण आयोगले हिजो सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचन–२०७९ मा देशभरि ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । २०७४ सालको स्थानीय तह चुनावमा ४ सय १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।