images
images

नेपाली कांग्रेस दोलखाका थप ६ जना नेता पार्टीबाट निष्कासित

  • २५ बैशाख २०७९, आईतवार ११:२५

दोलखा । नेपाली कांग्रेस दोलखाले थप ६ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस दोलखाले ६ जना नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । पार्टी सभापति बर्मा लामाले आज विज्ञप्ति जारी गर्दै स्थानिय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत पार्टीलाई हानी पु¥याउने काममा संलग्न रहेका र पटक–पटक सम्झाउने प्रयास गर्दा समेत बेवास्ता गरेकाले उनीहरुलाई कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको जानकारी दिनुभयो । कांग्रेसले तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेका ईश्वर राज कार्की, नानीकाजी तमाङ, कृपाध्वज कार्की, संगिता विक, इन्दिरा कार्की र बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका नवराज उप्रेतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको हो ।

यसैबिच, कांग्रेसले केन्द्रिय महाधिवेशन प्रतिनिधि भवेन्द्र कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेका वागी उम्मेदवारलाई समर्थन गर्दैै पार्टीको चिन्हबाट उठेका उम्मेदवारको विरुद्ध प्रचारमा लागेको भन्दै नेपाली कांग्रेस दोलखाले कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।