
काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख रुपैंया आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रालयले निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी सहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउन प्रस्ताव गरेको थियो । यस्तै सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि व्यहोर्ने निर्णय गरेको छ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई पनि सरकारले प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय भएको छ ।