जिरी(दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीबीचको बाम गठबन्धनले वृहत चुनावी जनसभा भइरहेकोे छ ।
आज बैतेश्वर गाउँपालिका ५ स्थित मैनापोखरी बजारमा भव्यताका साथ गठबन्धनको वृहत चुनावी जनसभा भइरहेको हो । जनसभामा जनसागरनै उर्लिएको छ । भव्य ¥याली सहित सुरु भएको कार्यक्रममा ३ हजार बढीको सहभागीता रहेको छ । सभामा विभिन्न कलाकार र सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यद्धपी वर्षाका कारण अहिले कार्यक्रम प्रभावित हुन पुगेको छ ।
नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिव भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्का, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीम प्रसाद दाहाल, गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेता लक्ष्मण खड्का र उपाध्यक्ष पदका उम्मेदवार कल्याण दाहाल लगायतले जनसभामा सम्बोधन गर्नुभएको छ । सभामा बोल्दै अध्यक्षका उम्मेदवार खड्काले बैतेश्वरको विकास, समृद्धि र परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले सत्ता, भत्ता र गुण्डाको आडमा निर्वाचन जित्ने सपना नदेख्न पनि चेतावनी दिनुभयो ।
जनसभामा जनसागरनै उर्लिएको छ । भव्य ¥याली सहित सुरु भएको कार्यक्रममा ३ हजार बढीको सहभागीता रहेको छ । सभामा विभिन्न कलाकार र सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यद्धपी वर्षाका कारण अहिले कार्यक्रम प्रभावित हुन पुगेको छ । स्थानीय तह निर्वाचनको मतदान मिति नजिकिँदै गर्दा बैतेश्वरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भव्यताका साथ चुनावी जनसभा गरेको हो ।
जनसभामा एकीकृत समाजवादीका केन्द्रिय सदस्य चुनु खड्का, नेकपा माओवादी केन्द्रकी नेतृ एवम् बागमती प्रदेशसभा सांसद हिमाली गोले, माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज कपिल रिमाल, संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्की र ८ वटै वडाका गठबन्धनका उम्मेदवारहरुको पनि सहभागीता थियो । स्थानीय तह निर्वाचनको मतदान मिति नजिकिँदै गर्दा बैतेश्वरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भव्यताका साथ चुनावी जनसभा गरेको हो ।
बैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ । बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका संयुक्त गठबन्धन र नेकपा एमाले तथा नेपाली कांग्रेसबीच त्रीपक्षीय प्रतिस्पर्धा हुँदैछ ।