दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले बैतेश्वरको लालकिल्ला जोगाउन वाम गठबन्धनलाई मतदान गरी सहयोग गर्न अपिल गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनले आज बैतेश्वर गाउँपालिका ५ मैनापोखरी बजारमा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार खड्काले यस्तो अपिल गर्नुभएको हो । बैतेश्वरको लालकिल्ला सबै भत्काएर जाने हो वा यसलाई जोगाएर जाने भन्ने जिम्मा स्थानीयको भएको भन्दै उहाँले आसन्न निर्वाचनमा आफु विजयी भएमा बैतेश्वरकोे शिर उचो राख्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । २२ वर्ष लामो पत्रकारिता गर्दा आफुले हरेक समुदायको दुख महसुस गरेको उल्लेख गर्दै अध्यक्षका उम्मेदवार खड्काले जनताको पिरमर्का बुझेर एकपटक सेवा गर्न चाहेको बताउनुभयो । बैतेश्वरलाई शान्ति, भ्रष्टचारमुक्त समाज, सुशासन, विकास र समृद्धिको हिसावले अघि बढाउन आफु निर्वाचनमा होमिएको उहाँले बताउनुभयो ।
दोलखाको बैतेश्वर गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले बैतेश्वरको लालकिल्ला जोगाउन वाम गठबन्धनलाई मतदान गरी सहयोग गर्न अपिल गर्नुभएको छ । २२ वर्ष लामो पत्रकारिता गर्दा आफुले हरेक समुदायको दुख महसुस गरेको उल्लेख गर्दै अध्यक्षका उम्मेदवार खड्काले जनताको पिरमर्का बुझेर एकपटक सेवा गर्न चाहेको बताउनुभयो । बैतेश्वरलाई शान्ति, भ्रष्टचारमुक्त समाज, सुशासन, विकास र समृद्धिको हिसावले अघि बढाउन आफु निर्वाचनमा होमिएको उहाँले बताउनुभयो ।
यो पटक वैतेश्वरवासीले सक्षम र योग्यतावान जनप्रतिनिधि निर्वाचित गरेर पालिकाको विकास, समृद्धि र स्वरोजगारमा लाग्ने वातावरण सिर्जना गर्नेछन् भन्नेमा आफु विस्वस्त रहेको उहाँले बताउनुभयो । मतदाताले आफ्नो विवेक प्रयोग गरी हालेको एक भोटका कारण २० वर्षसम्म सुशासन कायम र नयाँ पिंढिको जगबस्न सक्ने भएकाले यो पटक वैतेश्वरमा शान्तिपुर्ण तवरले निर्वाचन हुनेमा गठबन्धन ढुक्क रहेको अध्यक्षका उम्मेदवार खड्काको भनाई छ ।
अर्को प्रसंगमा अध्यक्षका उम्मेदवार खड्काले आफुलाई जनताले मत दिएर विजयी गराएमा जनताले दिएको एक–एक मतको सदुपयोग गरि पालिकाको विकास र समृद्धिमा जुट्ने प्रतिवद्धता जनाउनुभएको छ । पालिकाको उर्बरायोग्य भुमिलाई पकेट क्षेत्र निर्माण गरी तामाकोशीको फेदिदेखि हनुमन्तेको काखसम्म कुन–कुन स्थानलाई कसरी प्रयोग गरि आम्दानी गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट खाका तयार पारेको उहाँले बताउनुभयो । अध्यक्षका उम्मेदवार खड्काले आफु विजयी भएमा गाउँघरमै कृषि र पशुपालनको क्षेत्रबाट कसरी रोजगारी सिर्जना गर्ने तथा बैतेश्वरका जनतालाई रोजगार बनाउन पालिकाको तर्फबाट गर्नुपर्ने सबै काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।