images
images

निर्वाचनको मुखैमा झुलेबाट शंकास्पद व्यक्तिहरु पक्राउ, बुथ कब्जा गर्न आएको अनुमान

  • २५ बैशाख २०७९, आईतवार २२:०४

जिरी (दोलखा) । स्थानीय तहको निर्वाचनको मुखैमा दोलखाको तामाकोशी गाउँपालिकाबाट शंकास्पद व्यक्तिहरु पक्राउ परेका छन् ।

निर्वाचन बिथोल्न तथा बुथ कब्जा गर्न तामाकोशी गाउँपालिका २ झुले प्रवेश गरेका शंकास्पद १० जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बेलुकी करिब ६ बजे ६ वटा मोटरसाइकलमा आएका जिल्ला बाहिरका उनीहरुलाई शंका लागेपछि झुलेबासीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । मतदानको लागि केही दिन मात्रै रहँदा दोलखामा शंकास्पद व्यक्तिहरु भित्रिन थालेकोे दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गराउन शान्ति, शुरक्षा कायम गर्नका लागि उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

झुलेमा भेटिएका ती युवकहरुलाई राजनीतिक दलहरुलेनै निर्वाचनमा बुथ कब्जा गर्नका लागि भित्र्याएको हुनसक्ने आशंका छ ।