images
images

गौरीशंकर गाउँपालिका कृषिमा रैथाने वालीको प्रबद्र्धन गर्दै, बीउ बैँकको स्थापना

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखि चालु वर्ष ८० लाख बजेट विनियोजन गरेर किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाउँपालिकाले पालिकाको आन्तरिक स्रोतबाट ८० लाख बराबरको बजेट कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि छुट्याई बिभिन्न कार्यक्रम गरिरहेको हो । पालिकावासीको सहज पहुँचका लागि पालिकाले चालु वर्ष कृषि तथा पशुपन्छीको क्षेत्रमा आवश्यक पर्ने विउ, विषादी र पशुजन्य औषधी लगायतलाई विशेष जोड दिएको छ । गौरीशंकरले प्रत्येक वडामा पशु तथा कृषि प्राबिधिकको व्यवस्था गरेको छ । कृषकलाई आवश्यक परेको बेला पशु तथा कृषि प्राबिधिकले किसानको घर घरमा गएर सेवा दिँदै आएका छन् । यसका अलावा माटो परीक्षण शिविर, पशु उपचार शिविर लगायतका सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको पालिकाका कृषि शाखा प्रमुख सुरेश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा सुन्तला खेतीमा रोग किराले हैरान पारेकाले सुन्तला बगैँचा बचाऔँ अभियान समेत सञ्चालन गरिरहेको छ ।

गौरीशंकर गाउँपालिकाले स्थानीय रैथानै बाली प्रबद्र्धनका लागि अभियान नै चलाईरहेको छ । स्थानीय रैथाने बालीको बिउ उत्पादन तथा बिक्रिका लागि पालिकामा बीउ बैँकको समेत स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । उहाँले हिमचुली बहुउद्धेश्यी सहकारी संस्थामार्फत् बीउ बैँक स्थापना गरेर रैथाने बाली प्रबद्र्धनमा बिशेष जोड दिएको बताउनुभयो । गौरीशंकर गाउँपालिकाले पालिकाको पालिकाका वडाहरुमा उत्पादन गरिएको स्थानीय रैथाने बाली पहेँलो सीमि, लट्टेको साग र दाना, कोदो, फापर, मकैको च्याँख्ला आफै प्याकेजिङ गरेर बाह्य बजारमा बिक्रिका लागि समेत सघाउने गरी कार्यक्रम ल्याएको छ । पालिकाको वडा नम्बर ४ मा सिताके च्याउको व्यवसायिक खेतीलाई विशेष जोड दिईएको छ । वडा नम्बर ४ मा रहेको हिमालयन च्याउ खेती कृषक समूहले सिताके च्याउ खेतीबाटै बार्षिक १२ देखि १५ लाखसम्म आम्दानी लिने गरेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखि चालु वर्ष ८० लाख बजेट विनियोजन गरेर किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले पालिकाको आन्तरिक स्रोतबाट ८० लाख बराबरको बजेट कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि छुट्याई बिभिन्न कार्यक्रम गरिरहेको हो । पालिकावासीको सहज पहुँचका लागि पालिकाले चालु वर्ष कृषि तथा पशुपन्छीको क्षेत्रमा आवश्यक पर्ने विउ, विषादी र पशुजन्य औषधी लगायतलाई विशेष जोड दिएको छ ।

गौरीशंकर गाउँपालिकाले सिताके च्याउ खेती प्रबद्र्धनका लागि चालु बर्ष वडा नम्बर ८ को खारेमा १२ लाख बजेट छुट्याएको छ । खारेमा अर्को कृषक समुह बनाएर सिताके च्याउको व्यवसायिक खेतीका लागि प्राबिधिक तथा अन्य सहयोग पालिकाले उपलब्ध गराउनेछ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधिनिकीकरण परियोजन अन्तर्गत किवी माहुरी, सिताके च्याउ र बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाको वडा १, ३ र ६ मा किवी पकेट क्षेत्र विकास कार्यक्रमका लागि ६ लाख बजेट छुट्याएको छ । पालिकामा गत बर्ष १२ हजार भन्दा बढी किविको बिरुवा रोपण गरिएको छ ।

यस्तै, वडा नम्बर, १, ३, ५ र ९ मा माहुरी पकेट क्षेत्र विकास कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १, ७ र ९ मा बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमका लागि ७ लाख ५० हजार बजेट विनियोजन भएको छ । सिताके च्याउको पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ मा प्राबिधिक सरसल्लाह दिईँदै आएको पालिकाले जनाएको छ । साथै गाउँपालिकाले कृषि जैविक विविधिता संरक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यस्तै, पशुपालन किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले दुध उत्पादन गर्ने किसानलाई डेरिलाई उपलब्ध गराउने दुधमा प्रतिलिटर थप ३ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पालिकाको वडा नम्बर ३ बाट सुरु गरिएको यो कार्यक्रम अब सबै वडामा सञ्चालन हुने गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले जानकारी दिनुभयो ।