images
images

आगो बाल्ने क्रममा जलेर बालिकाको मृत्यु

  • २५ बैशाख २०८०, सोमबार १२:०१

सिन्धुली । सिन्धुलीमा आगो बाल्ने क्रममा एक वालिकाको मृत्यु भएको छ ।

आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो सल्किँदा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ भोटेश्वाराका शुभलाल घलानकी १३ बर्षिया छोरी अमृताको मृत्यु भएको हो । भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो सल्किँदा उनी गम्भिर घाईते भएकी थिईन् । आगलागिबाट जलेर घाईते भएकी अमृताको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि किर्तिपुर अस्पताल काठमाडौँमा लगिएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।