images
images

दोलखामा साउन यता १८ वटा बलात्कारका घटना, महिलालाई परिवारका सदस्यबाटै जोगिन मुस्किल

दोलखा । दोलखामा साउनयता १० महिनाको अवधिमा १८ वटा बलात्कारका घटना भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख २५ सम्मको अवधिमा जिल्लाका विभिन्न स्थानमा १८ जना महिला तथा बालिका बलात्कारको शिकार भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्राप्त तथ्यांक अनुसार अधिकांश बलात्कारका घटनामा आफन्तकै संलग्नता रहेको पाइएको छ । ससुराले बुहारीलाई, काकाले भतिजिलाई, दाजुले बहिनीलाई, हजुरबुवाले नातिनिलाई, बुवाले छोरीलाई, काकीलाई भतिजले, ठुलोबुवाले छोरीलाई बलात्कार गरेका छन् । यस्तै आफ्नै छिमेकी, शिक्षक र साथीबाट महिला तथा बालिका बलात्कारको शिकार हुन पुगेका छन् । प्राप्त तथ्यांक अनुसार बलात्कारका कुल १८ वटा घटनामध्ये ७ जना महिला तथा बालिका आफ्नै परिवारका सदस्यबाट बलात्कृत भएका छन् भने ९ जना छिमेकीबाट तथा शिक्षक र साथीबाट एक–एक जना बलात्कृत भएका छन् ।

दोलखाको वैतेश्वर गाउँपालिकाकी १० वर्षिया बालिका आफ्नै ६५ वर्षिय हजुरवुवाबाट बलात्कारको शिकार भइन् भने भीमेश्वर नगरपालिकी १४ वर्षिया बालिका सौतेनी बुवाबाट बलात्कृत हुन पुगिन् । यस्तै वैतेश्वर गाउँपालिकाकी ४० वर्षिया महिला आफ्नै भतिजबाट बलात्कृत भएकी छिन् । प्रहरी कार्यालयमा यही वैशाख ११ गतेपनि जिरी नगरपालिकामा ठुलोबुवाले छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी परेको छ । बलात्कृत महिला गर्भवती भएको थाहा पाएपछि उनका बुबाले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । बलात्कारको शिकार हुनेमा १० वर्षिया बालिकादेखि ६८ वर्षका महिला छन् भने बलात्कारको घटनामा १७ वर्षिय युवकदेखि ८१ वर्षिय बृद्ध समेत संलग्न रहेको पाईएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख २५ सम्मको अवधिमा जिल्लाका विभिन्न स्थानमा १८ जना महिला तथा बालिका बलात्कारको शिकार भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्राप्त तथ्यांक अनुसार अधिकांश बलात्कारका घटनामा आफन्तकै संलग्नता रहेको पाइएको छ । ससुराले बुहारीलाई, काकाले भतिजिलाई, दाजुले बहिनीलाई, हजुरबुवाले नातिनिलाई, बुवाले छोरीलाई, काकीलाई भतिजले, ठुलोबुवाले छोरीलाई बलात्कार गरेका छन् । यस्तै आफ्नै छिमेकी, शिक्षक र साथीबाट महिला तथा बालिका बलात्कारको शिकार हुन पुगेका छन् ।

प्रहरीको तथ्यांक अनुसार १८ वर्ष मुनिका ९ जना बालिका बलात्कृत भएका छन् भने ५ जना २० देखि ३० वर्ष उमेर समुहका तथा ३० वर्षदेखि ६८ वर्षसम्मका चार जना छन् । बलात्कारको शिकार भएका १८ जना महिला तथा बालिकामध्ये तीन जना महिला र दुई जना बालिका आवाज नेपाल दोलखाको संरक्षण रहेका छन् । बलात्कृत भएर गर्भवती भएका तिनै जना महिलाले बच्चालाई जन्म दिईसकेको र हाल उनीहरु आवाज नेपाल दोलखाको संरक्षणमा रहेको संस्थाकी अध्यक्ष सिर्जना कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको संरक्षणमा रहेका दुई जना वालिका भने हाल विद्यालयमा अध्ययनरत छन् ।

बलात्कारको शिकार भएका १३ जना महिला तथा बालिकाहरु भने आफन्तको संरक्षणमा रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । बलात्कारका घटनामा संलग्न रहेका १८ जनामध्ये दुई जना फरार छन् भने बाँकी सवैलाई पक्राउ गरी कानुनी कारवार्हीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । यसलाई हेर्दा दोलखामा भएका बलात्कारका घटनामा बाह्य मानिस भन्दा पनि आफ्नै परिवारकै सदस्यबाट महिला तथा बालिका असुरक्षित रहेको देखिएको छ ।

यसैबीच, दोलखामा बलात्कारको घटनामा बृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा १७ जना महिला तथा बालिका बलात्कृत भएका थिए भने २०७८/७९ मा १४ जना बलात्कृत भएका थिए । तर चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा १८ जना महिला तथा बालिका बलात्कृत भएका छन् । तथ्यांकले चालु वर्ष बलात्कारका घटना बढेको देखाएको हो ।