images
images

नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

जिरी(दोलखा) । अखिल नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न सम्मेलनले विमल ओलीको अध्यक्षतामा २१ सदस्यीय  जिल्ला कमिटी चयन गरेको हो । अखिल नेपाल खेलकुद महासंघ दोलखाको उपाध्यक्षमा सुरज तमाङ, सचिवमा ऐसिक नेपाली, सहसचिवमा कमल थापा मगर र कोषाध्यक्षमा ममता श्रेष्ठलाई चयन गरिएको छ ।

दोस्रो जिल्ला सम्मेलन संगठनका केन्द्रिय सहअध्यक्ष जनक वर्ताैलाको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक ज्योति श्रेष्ठ, संगठनका केन्द्रिय सचिव एबं बागमती प्रदेशका अध्यक्ष गोबिन्द बिक्रम घिमिरे, केन्द्रिय सचिव शैलेश साहीको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।