images
images

धादिङमा ८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

  • २५ बैशाख २०८२, बिहीबार १७:४८

धादिङ । धादिङमा ८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–९ का ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको हो । उनलाई सोही स्थानमा बस्ने करिव ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका वृद्धलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको छ ।

उनीमाथि खुकुरी प्रहार गर्नुका कारण भने खुलेको छैन । प्रहरीले खुकुरी प्रहार गर्ने बाबुकाजीलाई नियन्त्रणमा लिएकार थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।