
भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका गरिएको छ ।
प्रत्यक्षदर्शीहरूले कश्मिरमा ‘विष्फोट’को आवाज आएको र साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोट भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् । कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएका छन् । भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।
भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको जानकारी दिएका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको बताइएको छ ।