images
images

असार १ गते बजेट ल्याउँदै बागमती प्रदेश सरकार, बजेटको आकार बढाएर ल्याउने तयारी

  • २५ जेष्ठ २०७९, बुधबार ०८:३२

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने भएको छ । जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आर्थिक वर्षको तुलनामा १० अर्बसम्म बढेर आउन सक्ने बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार १० अर्ब रुपैयाँ वृद्वि भए आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ६७ अर्बको हाराहारीमा हुनेछ ।