काठमाडौं । सरकारले असार १ गतेदेखि भदौं मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले आगामी असार १ गतेदेखि भदौं मसान्तसम्म सडक खन्न स्वीकृति नदिने निर्णय गरेको हो । विभागले सुचना जारी गर्दै वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितीमा ल्याउन नसकिने र सडक थप विग्रदै जाने भएकाले असार १ गतेदेखि भदौं मसान्तसम्म सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिने जनाएको हो ।
कसैले जरबजस्ती सडक खनेको पाइएमा सावर्जनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
फाइल तस्विरः










