images
images

सानै उमेरमा धेरै गराउन खोज्दा बालवालिकामा मनोबैज्ञानिक असर

  • २६ जेष्ठ २०८१, शनिबार १४:३४

काठमाडौँ । बच्चाहरुको पढाईको नतिजा राम्रो आओस् भन्ने चाहना हरेक अभिभावकहरुको हुन्छ ।

त्यसैले हामीकहाँ नतिजाका लागि दबाब दिने मनोवृत्ति मौलाएको पाईन्छ । अधिकांश विद्यालयमा अझै पनि एउटा प्रश्न र त्यसको उत्तर पनि लेखिदिने, त्यही कुरा बच्चाले रटेर आएर परीक्षामा लेख्ने खालको पठन विधि छ । सामुदायिक विद्यालयमा पनि यही विधि भएपनि निजीको तुलनामा धेरै कम हुन्छ । घोकाएर पढाउँदा बालवालिकाहरुले मानसिक रुपमा खुल्ला रुपले सिर्जनात्मक भएर सोच्न नसक्ने बाल मनोबिज्ञहरुको भनाई छ । उनीहरुले सूचनालाई ज्ञानको रुपमा लिन सक्दैनन् । तर सानै उमेरमा धेरै गराउन खोज्ने प्रबृत्तिले बालवालिकामा मनोबैज्ञानिक असर पर्दछ ।

बाल मनोबिज्ञहरुका अनुसार यस्तो खालको गलत सोचलाई कम सकिएन भने बच्चाहरुमा भर्चुअल अटिज्म हुनसक्ने सम्भावना बढी हुन्छ । यो स्थितिबाट दिमागको विकास रोकिन्छ । तीन बर्षको बच्चा डेढ वर्षको जस्तो हुन्छ । शुरुमा त्यो बच्चाको समस्या थाहा पाउन पनि सहजै सकिन्न । विद्यालयमा बच्चाले देखाउने व्यवहार घरको वातावरणबाट प्रभावित हुन्छ । अभिभावकले बुझिदिँदा यस्तो खालको समस्या आउँदैन । तर अभिभावक शिक्षक कसैले नबुझदा उनीहरुमा मानसिक स्वास्थ्य समस्या देखिन थाल्छ । त्यसैले अभिभावकले आफ्ना नानीबाबुहरुलाई पढाईमा बढी दबाब नदिई उनीहरुको मनोबिज्ञान बुझेर अध्ययन गराउनुपर्दछ ।