images
images

बागमती प्रदेशमा १० वर्षमा विपद्का घटनामा ११ हजार भन्दा बढी मानिसको मृत्यु

  • २६ जेष्ठ २०८१, शनिबार १७:००

हेटौंडा । बागमती प्रदेशमा १० वर्षको अवधिमा विपद्का घटनामा परेर ११ हजार भन्दा बढीको मृत्यु भएको छ ।

१० वर्षको अवधिमा विपद्का घटनामा परि ११ हजार ८५२ जनाको मृत्यु भएको हो । सो अवधिमा प्रदेशमा ७ खर्ब ६५ अर्ब ७९ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा प्रदेशभर बाढी, पहिरो, भूकम्प, आगलागीका ५ हजार ५८१ घटनामा सो क्षति भएको हो । प्रदेशमा घटेको ६०२ वटा पहिरोका घटनामा ३०० जनाको मृत्यु भएको तथ्यांक छ । विगत १० वर्ष मध्ये २०७७ सालमा पहिरोबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांकले देखिएको छ । बागमती प्रदेशमा विपद्का घटनामा एक वर्षको अवधिमा मात्रै ६१ जनाले ज्यान गुमाएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकीसूचना अधिकारी रविता कार्कीका अनुसार १० वर्षको अवधिमा भूकम्पमा परेर ८ हजार ३७०, आगलागीमा ४६९, बाढीमा परेर एक हजार १२८ र पहिरोमा परेर एक हजार ८८५ जनाको मृत्यु भएको हो । विद्का घटनाबाट ११ लाख ९९ हजार ६१६ जनसङ्ख्या प्रभावित बनेको उहाँले बताउनुभयो । ५ लाख चार हजार निजी घर क्षतिग्रस्त भएका छन् । बागमती प्रदेश विपद् जोखिमको दृष्टिकोणले बहुप्रकोपीय उच्च जोखिममा छ ।

बागमतीमा बाढी, पहिरो र चट्याङ जस्ता तीनवटै विपद्को जोखिम अधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।