images
images

कसरी सकुशल रहे रामेछाप लुभुघाट दुर्घटनाका चालक ?

  • २४ असार २०७९, शुक्रबार १०:१०

जिरी (दोलखा) । रामेछापको लुभुघाटमा मंगलबार कहाली लाग्दो गरी सवारी दुर्घटना भयो । जिल्लाको सुनापति स्वाराबाट काठमाण्डौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापति गाउँपालिका ५ स्थित लुभुघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि १३ जना यात्रुको मृत्यु हुँदा सहचालक सहित २२ जना घाइते भएका थिए । तर, १९ जना घाइतेहरुको अझै धुलिखेल र काठमाण्डौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, सोही घटनाका चालक भने सकुशल रहेका छन् । उनको निधारमा मात्रै थोरै चोट लागेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । दोलखाको शैलुङ गाउँपालिका घर भएका चालक ३४ वर्षीय प्रेम घतानी अहिले रामेछाप प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरी निरिक्षक ढकालका अनुसार घतानीले प्रहरीलाई बस गुड्दै गर्दा एक्कासी ब्रेक फेल भएको र आफुले नियन्त्रणमा लिन नसकेपछि दुर्घटना भएको बयान दिएका छन् ।

उनको निधारमा मात्रै थोरै चोट लागेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । दोलखाको शैलुङ गाउँपालिका घर भएका चालक ३४ वर्षीय प्रेम घतानी अहिले रामेछाप प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरी निरिक्षक ढकालका अनुसार घतानीले प्रहरीलाई बस गुड्दै गर्दा एक्कासी बे्रक फेल भएको र आफुले नियन्त्रणमा लिन नसकेपछि दुर्घटना भएको बयान दिएका छन् । घतानीले दुर्घटनाको क्रममा आफु पनि बसभित्रै सँगसँगै पल्टेको दावी गरेपनि उनको अवस्था हेर्दा दुर्घटना हुन थालेपछि बसबाट उफ्रेर भागेर ज्यान जोगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ब्रेक फेल भएर गाडी दुर्घटना हुन लाग्दा नदीमा खसेर सबैको ज्यान जाने देखिएपछि आफुले अन्तै गाडी मोडेको उनको भनाई थियो । घतानीले दुर्घटनाको क्रममा आफु पनि बसभित्रै सँगसँगै पल्टेको दावी गरेपनि उनको अवस्था हेर्दा दुर्घटना हुन थालेपछि बसबाट उफ्रेर भागेर ज्यान जोगाएको हुनसक्ने प्रहरीको अनुमान छ । उनले आफुयात्रुसँगै क्षतविक्षेद भएको गाडीमै झरेको बयान दिएका छन् ।

घतानीलाई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरिक्षक ढकालले जानकारी दिनुभयो । काठमाण्डौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापति गाउँपालिका ५ स्थित लुभुघाटमा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ३०/४० मिटर तल खसेको थियो ।