images
images

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भोली भारतमा राष्ट्रिय शोक

  • २४ असार २०७९, शुक्रबार १६:०८

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो ट्वीट गर्दै आबेको सम्मानमा भोली राष्ट्रिय शोक मनाइने बताउनुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै आबेको निधनप्रति दुख व्यक्त गर्नुभयो । आज बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो । ६७ वर्षीय आबेमाथि आज विहानै पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो ।

आबे आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेको बेला गोली प्रहार भएको हो ।