images
images

राजु हत्या प्रकरणः रामकृष्ण पुर्पक्षका लागि थुनामा, उज्वललाई २ लाख धरौटी तोकियो

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित माटीका राजु बस्नेतको हत्या आरोपमा पक्राउ परेका एक युवक पुर्पक्षका लागि थुनामा गएका छन् ।

बस्नेतको हत्या आरोपमा पक्राउ परेका दोलखाको भीमेश्वर नगरपालिका –५ माटीका दुई युवकमध्य एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न र अर्कालाई धरौटीमा रिहा गर्न आदेश भएको हो । दोलखा जिल्ला अदालतका न्यायधिश माधव प्रसाद सुवेदीको ईजलासले हत्या आरोपी रामकृष्ण बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सोही आरोपमा पक्राउ परेका भीनपा ५ कै उज्वल लामिछानेलाई भने दुई लाख धरौटीमा रिहा गर्न आदेश दिईएको छ ।

जिल्ला न्यायधिवक्ता सोमराज काफ्लेले रामकृष्ण बस्नेतलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम र उज्जल लामिछानेलाई दफा ३६ को उपदफा १ विपरितको कसुरमा उपदफा ३ को खण्ड ‘ख’ बमोजिमको सजाय माग दावी गरेका थिए । रामकृष्णलाई हत्यामा संलग्न भएको आरोपमा जन्मकैदको र उज्वललाई घटना लुकाउन मतियारको भूमीकामा रहेको भन्दै जन्मकैदको आधा सजाय माग दावि गरिएकोमा न्यायधिश सुवेदीको ईजलासले बिहिबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, लामिछाने पनि धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अन्जन भट्टराईले जानकारी दिनुभयो ।

जेठ २८ गते दोलखाको चरंगे खोलास्थित खड्कुले दह किनारमा मृत फेला परेका भीमेश्वर नगरपालिका – ५ माटीका राजु बस्नेतको पानीमा डुवाएर हत्या गरेको पुष्टी भएको थियो । हत्यामा संलग्न भएको आरोपमा दोलखा प्रहरीले घट्नाको भोलिपल्टै सोही स्थानका ३१ वर्षीय रामकृष्ण बस्नेत र २२ वर्षीय उज्वल लामिछानेलाई पक्राउ गरेको थियो ।