images
images

मध्यराती चरिकोटको मर्याङखोलामा बाढी, दोलखा–चरिकोट सडकखण्ड अवरुद्ध

  • २३ श्रावण २०७९, सोमबार ०६:३५

दोलखा । लगातारको वर्षाका कारण दोलखा सदरमुकाम चरिकोट नजिकै म¥याङखोलामा बाढी आएको छ ।

चरिकोट नजिकै रहेको म¥याङखोलामा बस्तीमाथिबाट मध्यराती बाढी आएको हो । बाढीका कारण दोलखा–चरिकोट सडक खण्ड मध्यरातीदेखि अवरुद्ध भएको छ । यस्तै केही घरमा क्षति पुगेको छ भने खोला किनारामा रहेको एउटा फर्निचर उद्योगमा समेत क्षति पुगेको दोलखाका प्रहरी निरीक्षक सानु तमाङले जानकारी दिनुभयो । बस्तीमाथिबाट आएको बाढी सडकमा थुप्रिएपछि यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् । जसका कारण यात्रुहरु मारमा परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको चरिकोटस्थित गणबाट खटिएको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छ । बिहानै सवेरैबाट अवरुद्ध सडक सुचारु गर्नका लागि सशस्त्र प्रहरी बल खटिएको हो ।